आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममा कलाकारको ध्यानाकर्षण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । यहि जेष्ठ ५ गते २०८० मा संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गर्नु भएको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा ललितकलाकर्मीहरुको ध्यानाकर्षण भएको छ ।

कलाकार अरनिको पालामा स्वर्ण युग नेपाल भएको पनि यतिका बर्ष या युगौ वितिसक्दा पनि अहिले सम्म नेपाल ललितकला डायमण्ड युगमा पुग्न नसकेको जनाउदैं अहिलेको युग ललितकला डायमण्ड युग बनाउन निम्न कुराहरू निति तथा कार्यक्रममा राख्न प्रधानमन्त्री ज्यूसँग विश्वकला यात्री नगेन सिंहले अनुरोध गर्नुभयो ।

नेपाल ललितकला बिकास बोर्डको स्थापना गर्नुपर्ने केन्द्र लगाएत जिल्लाका ललितकलाकर्मीहरुले माग गरेका छन् ।
नेपाल ललितकला लोकतान्त्रिक संघका केन्द्रिय सभापति तथा विश्वकला यात्री प्राज्ञ नगेन सिंह , उपसभापति राजु पिठाकोटे , ललितपुर जिल्ला अध्यक्ष राजन महर्जन , काठमाण्डौं जिल्ला अध्यक्ष प्रभात श्रेष्ठ जेके लगाएतले प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेका हुन् ।
ज्ञापनपत्र बुझ्दै कार्यालय प्रधानमन्त्रीको पठाउने उदेश्यले बुझाइएको उक्त ज्ञापनपत्र कार्यालय प्रमुखले प्रधानमन्त्रीकोमा पठाईदिने बचन व्यक्त गरे ।

ज्ञापनपत्रमा हरेक सरकारी विद्यालयमा अनिवार्य एक ललितकला शिक्षकको दरवन्दी राख्नुपर्ने, विभिन्न श्रोतमार्फत उठेको करबाट निश्चित प्रतिशत ललितकलामा लगाउनु पर्ने, हरेक सरकारी कार्यालयमा अनिवार्य एक कलाकृति राखिनुपर्ने, नेपालका कलाकारहरुको कलाकृतिहरु बैंकमा धितो राखेर ऋण सुविधा उपलब्ध गराउनुपर्ने मागहरु राखिएका छन् ।
सो ज्ञापनपत्र विश्वकला यात्री प्राज्ञ नगेन सिंह ठकुरी लगाएतले आफ्ना आफ्ना जिल्ला प्रशासनमा वाचन गरेर प्रशासन प्रमुखलाई सुनाउनु भएको थियो ।

ज्ञापनपत्र यसप्रकार रहेको छ :–

सम्माननिय प्रधानमन्त्री ज्यू
सिंहदरबार, काठमाण्डौ ।
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ज्यूले यहि जेष्ठ ५ गते २०८० मा संघीय संसदको संयुक्त बैठकमा सार्वजनिक गर्नु भएको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा हाम्रो ध्यानाकर्षण भएको छ । कलाकार अरनिको पालामा स्वर्ण युग नेपाल भएको पनि यतिका बर्ष या युगौ वितिसक्दा पनि अहिले सम्म नेपाल ललितकला डायमण्ड युगमा पुग्न सकेको छैन । तसर्थ अहिलेको युग ललितकला डायमण्ड युग बनाउन निम्न कुराहरू निति तथा कार्यक्रममा राखन प्रधानमन्त्री ज्यू सँग अनुरोध गर्दछौ ।
१, नेपाल ललितकला बिकास बोर्डको स्थापना गर्नुपर्ने ।
२. शिक्षा प्रदान गर्ने दायित्व राज्यको हो । नेपालको संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको निशुल्क तथा अनिवार्य शिक्षा सम्वन्धि अधिकार दिगो विकास लक्ष्य र सबैको लागि शिक्षा अभियानले सुनिश्चित गरेको शिक्षा सम्वन्धि व्यवस्थाहरु कार्यान्वयन गर्न स्थानिय, प्रादेशिक तथा संघिय सरकारद्धारा आ–आफ्नो तर्फबाट गम्भीर रुपमा ध्यान दिई हरेक सरकारी विद्यालयमा अनिवार्य ललितकलाको कला गुरु राखियोस् ।
३, ललितकला संग्रहालय तथा विभागका लागि केन्द्र, प्रदेश र स्थानिय तहले आपसमा समन्वय गरि विभिन्न
श्रोत मार्फत उठेको करबाट निश्चित प्रतिशत ललितकला क्षेत्रमा लगाई विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउन
ललितकला पर्यटन भित्राउने र हरेक सरकारी कार्यालयमा अनिवार्य एक कलाकृति राखियोस् ।
४, विज्ञापन बोर्डमा कलाकारको प्रतिनिधित्व हुनुपर्ने ।
५, सरकारबाट हरेक वर्ष एक कलाकृति वा एकल प्रदर्शनी वा सामूहिक प्रदर्शनीको अन्तरराष्ट्रिय पुरस्कार बारेमा
व्यवस्था गनुपर्ने ।
६, नेपाल प्रेस काउन्सिलबाट बर्गिकरण गर्ने “क“ श्रेणीको पत्रिकामा एक पेज अनिवार्य ललितकलाको
७, ललितकला विश्वविद्यालप हुनुपर्ने ।
८. नेपालका कलाकारहरुको कलाकृतिहरु बैंकमा धितो राखेर ऋण सुविधा उपलब्ध होस् । ९. नेपालको संविधानमा ललितकलालाई अंगको रुपमा उल्लेख गर्नुपर्ने ।
प्रधानमन्त्री ज्यू, हजुर कै पालामा नेपालले विश्वमा ललितकला डायमण्ड युगको देश भई हाम्रा सन्ततिले गर्व गर्न सकुन । जय कला क्रान्ति !!!

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला